~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~
#आमा
प्रत्येक साँझ
आँगनको डिलबाट
बाटोमा परसम्म हेर्थेँ
आमाले घाँसको भारीमा राखेर
के ल्याइदिइन होला भन्ने अपेक्षासँगै
आमाको प्रतिक्षामा हुन्थेँ ।
डाँडामा घाम अस्ताउँदै गर्दा
जब झ्याउँकिरी कराउन लाग्थे
गोठका गाईवस्तुले पनि
आमा आउनुभएको संकेत पाउँथे
र एकोहोरो कराउन थाल्थे
उतीखेरै
मेरो प्रतिक्षाको घडी पनि सकिन्थ्यो
आमाले ल्याएको घाँसको भारीबाट
कहिले काफल, ऐँसेलु, कटुस,
त कहिले अम्बा र सुन्तला निस्कन्थ्यो ।
#आमाको_माया
LET'S SPEAK AGAINST #DHULMANDU
निसास्सियो धुलोले शहर काठमाडौँ
भन्नै लाज लाग्ने भयो घर काठमाडौँ
छिछि भन्दै कहिलेसम्म मुख ढाकेर हिँड्ने
जागौँ लागौँ बनाअौँ अब सुन्दर काठमाडौँ ।।
#kathmandu #dustmandu #maskmandu #wedeservebetter
Subscribe to:
Posts (Atom)