~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


जंगल, जनता र जलवायुको बदलिँदो दृष्टान्तसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

निरज बाबु भट्ट
पोखरा, भदौ १२

          पोखरामा आजबाट जंगल, जनता र जलवायुको बदलिँदो दृष्टान्तसम्बन्धी ३ दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । वन तथा भु संरक्षण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान तथा सर्वेक्षण विभाग र डेनमार्कको कोपनहेगन विश्वविद्यालयसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानले सम्मेलनको आयोजना गरेको हो ।
         सम्मेलनको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले पछिल्लो समय प्राकृतिक सम्पदाको संरक्षणमा जनसहभागिता बढ्दै गएको भएता पनि वनको क्षेत्रफल घट्दै जानु सोचनीय विषय भएको बताए । साथै उनले जलवायु परिवर्तनसँगै उच्च भुभाग जोखिमा परेको भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।
           उद्घाटन समारोहमा बोल्दै वन तथा भु–संरक्षण मन्त्रालयका सचिव गणेशराज जोशीले सम्मेलनले वनसम्बन्धी नीति निर्माणको कार्यमा सहायोग पु¥याउने आशा व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थानका डीन प्रा. चिरञ्जीवीप्रसाद उपाध्याय, कोपनहेगन विश्वविद्यालयका प्रा. कार्टसन, सम्मेलन आयोजक समितिका संयोजक प्रा. रिद्धीश कुमार पोखरेल, सम्मेलन आयोजक समितिका सदस्य सचिव सह–प्राध्यापक सन्तोष रायमाझी लयायतले आ–आफ्नो भनाई राखेका थिए ।
      कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति खगेन्द्र भट्टराई, त्रि.वि. सेवा आयोगका अध्यक्ष ईश्वरचन्द्र दत्त, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव, शिक्षा मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो ।
            शुक्रबारसम्म चल्ने सम्मेलनमा जैविक विविधता संरक्षण र प्राकृतिक स्रोत व्यवस्थापन, वन र जीविकोपार्जन का साथै सुशासनका विषयमा कार्यपत्रहरु प्रस्तुत हुने वन विज्ञान अध्ययन संस्थानका डीन प्रा. चिरञ्जीवीप्रसाद उपाध्यायले जानकारी दिएका छन् । सम्मेलनमा विभिन्न देशका गरि करिब १५० जनाको सहभागिता रहेको छ ।