~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


प्रेमको चङ्गा


‘थ्याङ्क यू’
‘फर ह्वाट ?’
‘यू एक्सेप्टेड माई फ्रेन्ड रिक्वेष्ट, द्याट्स ह्वाई’
‘ओ !’
केहीबेर अघिमात्र मैले उसको फ्रेण्ड रिक्वेष्ट एक्सेप्ट गरेँथे फेसबुकमा । उसले तुरुन्तै म्यासेज पठाई 
                                                                          ..............

                  पहिलोपटक उसलाई मैले पुतलीसडकको एउटा क्याफेमा देखेको (भेटेको) थिँए । म साथीहरुसँग कफि पिउँदै गफिँदै गर्दा ऊ त्यही क्याफेमा प्रवेश गरेकी थिई । १५ मिनेटको त्यो बसाईँमा ऊसले मेरो आँखा र मस्तिष्कमा डेरा जमाईसकेकी थिई । उसको आकर्षक रुप चुम्बक भन्दा कम थिएन । म पनि फलाम बनिहालेँ । त्यहाँ बसुन्जेल मैले उसलाई निकै पटक हेँरे । मैले उसलाई हेरिरहँदा केहीपटक नजर जुधाजुध पनि भयो । उसले मलाई हेर्दा उसको आँखा र ओठमा म प्रतिको कुनै भाव भने पढ्न सकेको थिइन मैले ।

                 पहिलोपटक भेटेको ३ दिन पछि उसँग स्वयम्भूमा जम्काभेट भो । श्रीपञ्चमीको दिन थियो त्यो । उसलाई देख्ने बित्तिकै अठात्मा म मुस्कुराएँ । उसले पनि चिनेझैँ गरि मुस्कानकै प्रतिक्रिया फर्काई । मैले जानीजानी सोधेँ – तिमीसँग यसअघि कतै भेट भा’को हो ? उसले भनी– खै हो की ! मैले सम्झेझैँ गरि भनेँ– ए, पुतलीसडकको त्यो क्याफेमा हो क्यारे २÷३ दिन अघि ! उसले मुस्काउँदै हो को भावमा टाउको हल्लाई । त्यो दिन म दिदिसँग थिएँ । उसको साथमा पनि एउटा केटा थियो । उसँग आएको केटो मन्दिर भित्र प्रवेश गरेको बेलामा मैले उसँग त्यत्ति गफ गर्न भ्याएको थिएँ । त्यो केटा मन्दिरभित्रबाट निस्किएपछि ऊसले मन्द मुस्कानको साथमा विदा मागी, निःशब्द । उसको बारेमा थप जान्न मन लागेको थियो, तर सम्भव भएन । 

                   करिब १० दिन पछि उसँग पुनः भेट भयो, दरबारमार्गको शेर्पा मल अगाडी । त्यो दिन ऊ एक्लै थिई । साँझको समय थियो । सायद ऊ कलेज वा अफिसबाट फर्कदैँ थिई । उसलाई देख्ने बित्तिकै म खुशीसाथ टक्क अडिएँ । मलाई नदेखेर होला ऊ सरासर अघि बढी ।

 ‘एस्क्यूज मी !’
उसले सुनीन या आफूलाई बोलाएको हैन भन्ठानी ।
‘ओ, हेल्लो !’ मैले पुनः बोलाएँ ।
उसले पछाडी फर्केर हेरि र ढिलो गरि मुस्काई ।
म उसको नजिक गएँ ।
 ‘चिन्यौ ?’
उसले मुस्कानको साथमा टाउको हल्लाई ।
‘कफि अफर गर्न सक्छु ?’
‘हुन्छ ।’

हामी नजिकैको क्याफेभित्र पस्यौँ ।
मैले २ कप मिल्क कफि मगाएँ । उसँग गफको शिलशिला सुरु भो ।
‘हामी साथी बन्न सक्छौँ ?’
‘सियोर, म इच्छा’, उसले आफ्नो परिचय दिँदै भनी ।
मन चङ्गा भो ।

‘के गर्दै छौ ?’
‘फेसन डिजाईनिङ पढ्दै छु ।’
‘ओ ! त्यही भएर पो मान्छे पनि यति अट्रयाक्टीभ लुक्समा ।’
उसले हाँसोको फोहोरा फ्याकी र भनी– ‘तपाईँ पनि त अट्रयाक्टीभ हुनुहुन्छ ।’मन फेरी चङ्गा भो ।

उसँग करिब आधा घण्टा गफ भयो । ऊसले घर जान ढिलो हुन्छ भन्दै त्यसपछि विदा मागी । त्यसबिचमा हामीले २/२ कप कफि रित्यायौँ । त्यो भेटको क्रममा उसले स्वयम्भूको भेटको प्रसङ्ग पनि निकाली ।
 
‘त्यो दिन तपाँईसँग आउने केटी को हो ?’
‘दिदि’
‘साह्रै राम्री हुनुहुँदोरहेछ । विवाह भयो ?’
‘छैन । किन केटा खोज्नलाई हो कि क्या हो ?’
‘होइन, दिदिहरुको लागि कहाँ हामिले केटा खोज्नु नी !’
‘उसोभए आफ्नो लागि त खोज्या हौली नी !’– मैले कौतुहलता पुर्वक सोधेँ ।
‘अहिले नै सबै पर्सनल कुरा किन भन्नु नि !’
‘त्यो दिन तिमिसँग आएको केटा चाहीँ को हो नी ?’
‘किन चाहियो ?’, ऊ हाँसी ।
‘जान्न मन लागेर’
‘साथी हो ।’
‘सँगै पढ्ने साथी हो ?’
‘होइन, ऊ इन्जिनियरिङ पढ्दै छ ।, स्कुल पढ्दाको साथी हो ।’
‘वाफरे ! स्कुल पढ्दादेखीको अहिलेसम्म यस्तो दोस्ती’
‘अँ, हामी खुब मिल्छौ । पहिलेदेखिनै’
‘उसोभए साथीमात्र त होइन होला ?’
‘किन त्यसरी शंका गरेको ?’
‘त्यस्तै लागेर’
‘खासमा उसले मलाई मन पराउँछ, म चाहीँ मित्रता मात्रै चाहन्छु । उसँग टाढीन पनि मन लाग्दैन, त्यसैले उसको अनुरोधमा कहिलेकाँही हामी भेट्छौँ र सँगै घुम्न पनि जान्छौँ ।’
‘ए कुरा त्यसो पो !’
भारि मन हलुङ्गो भो । उसको कुराले मलाई चेतन भगतको पुस्तक ‘हाफ गर्लफे्रन्ड’ को याद दिलायो ।
‘अनि ब्वाईफे्रन्ड चाहीँ छैन ?’
‘छ ।’
‘भर्खरै भारि बिसाएको मन फेरि गह्रौँ भो ।
‘को हो, कहाँ के गर्दै छ, कस्तो छ, अनी ... ?’ – एकै सासमा सबै प्रश्न सकाउन खोजेँ ।
उसले दङ्ग परेर मलाई हेरि  र भनी – ‘ढिलो भैसक्यो, अबेर घर पुग्यो भने ड्याडीले सोधीखोजी गर्नुहुन्छ फेरि, जाउँ अब ।’
‘त्यती उत्तर देऊ अनि जाउँला नि ।’
‘पछि सेयर गरिहाल्छु नि ।, तपाँईलाई फेसबुकमा याड् गर्छु अनि त्यहीँ गफ गरुँला नि हुन्न । अब जाउँ है ।’
त्यती उत्तर तत्कालै जान्न मन थियो तर कुर्नुपर्ने भो । मैले कफीको बिल तिरेँ । उसले मुस्काउँदै विदा मागी – ‘म फेसबुकमा याड् गर्छु नि, सी यू, बाई ।’
ऊ गई । ला..मैले त ऊ कहाँ बस्छे पनि सोध्न बिर्सेछु ।
म पनि मन आधा गुलीयो र आधा अमिलो बनाउँदै घर लागेँ । आशा गरेँ कि अघि उसले ब्यायफ्रेन्ड छ भनेको कुरा झुटो भैदियोस् ।
 
साँझ घर फर्केपछि हतारहतार ल्यापटप उचालेँ र फेसबुक खोलेँ । मलाई उसको प्रोफाइल भन्दा नि उसको ब्याइफ्रेन्डको फोटो हेर्नु थ्यो । उसको प्रोफाइल भेटेपछि त्यसभित्र कतै न कतै त कसो नभेटिएला त्यो केटा भन्दै उसको नाम सर्च गरेँ । तर धेरै कोसिस गर्दा पनि भेटाउन सकिनँ । निरास भएँ । अब एउटै विकल्प थियो उसको फ्रेन्ड रिक्वेष्ट कुर्ने किनकी मसँग उसको मोबाइल नम्बर पनि थिएन, मोबाइल नं साट्ने अनुरोधलाई पनि उसले उधारै राखेकी थिई ।
 
त्यसको पर्सिपल्ट उसलाई मैले जमलमा देखेँ । ऊ बाइकको पछाडि थिई । बाइक चलाउने केटाको अनुहार देख्न पाइनँ । मनले सोच्यो यदी उसको ब्याइफ्रेन्ड छ भने त्यो केटा त्यही नै हुनुपर्छ । त्यही दिन साँझ उसको फ्रेन्ड रिक्वेष्ट आएको थियो फेसबुकमा ।
 
उसको फोटो देख्ने बित्तिकै उसको टाइमलाइन हेर्न थालेँ हतारहतार । निकै सुन्दर फोटाहरुले सजिएका थिए उसको फेसबुक । लाइक र कमेन्टस् पनि कति हो कति । उसको ब्याइफ्रेन्ड कस्तो होला भनेर उसको फोटोहरु केलाई केलाई हेर्न थालेँ । धेरैबेरपछि एउटा फोटो भेटेँ, जसमा इच्छाको साथमा एउटा केटो थियो । जुन फोटोमा आएका कमेन्ट्हरु पढेर त्यसमा भएको केटो नै उसको ब्वायफ्रेन्ड हुनुपर्छ भनेर मैले अनुमान लगाएँ ।
मैले उसको रिक्वेष्ट एक्सेप्ट गरेँ । स्टाइलिस पारामा नाम लेखेकाले पो रै’छ मैले सर्च गर्दा नभेटेको त ।
 
.....

उसले फेसबुकको म्यासेज बक्समा एउटा केटाको फोटो पठाउँदै सोधी–‘कस्तो छ ?’‘खै ?’
‘लौ किन त्यस्तो भन्नुभा’को ? कस्तो छ भन्नु न ?’
‘ठिकै ।’
‘तिम्रो ब्यायफ्रेन्ड हो ?’
‘के लाग्छ ?’
‘त्यस्तै लाग्छ ।’
‘हो ।’
‘ए उसोभए त नराम्रो कसरी भन्नु र ।’ मन अझैँ भारि बनाईदिई उसले ।
केहीबेरमा मनलाई थामेरै भएपनि उसँग जिस्कने मुड निकालेँ र आफ्नै फोटो उसको इनबक्समा घुसाईदिएँ र सोधेँ – ‘कस्तो छ ?’
ऊ म्यासेज बक्समै जोडले हाँसी ।
‘कमेडी दैख्याछ ?’– मैले सोधेँ ।
‘होईन, राम्रो छ ।’
‘तिमिले पठाको फोटो राम्रो कि मैले पठाको ?’
‘दुबै’
‘एउटा छान्नुपर्दा ?’
‘तिमिले पठाको’, मलाई फुक्र्याईदिई उसले ।
‘साँच्चै हो ?’
‘हो ।’
उसले जुन तरिकाले भनेपनि म मख्ख परेँ, उसले आफ्नो ब्याइफ्रेन्ड भन्दा मलाई राम्रो भनिदिईकी थिई ।
मन आधा चङ्गा भो ।


भोलीपल्ट सार्वजनीक विदाको दिन थियो । मैले उसलाई पुनः भेट्ने प्रस्ताव राखेँ । उसले स्विकारी तर अलि अनकनाउँदै । भेट्ने स्थल तय भो यूएन पार्क ।

भोलीपल्ट म एउटा गुलाबको फुल लिएर उसलाई भेट्न गएँ ।
‘हाई !’
म दङ्ग परे, ऊ मभन्दा अघिनै त्यहाँ पुगिसकेकी रै’छ । अक्सर यस्तो भेटमा केटाहरुनै पहिले पुग्छन् ।
‘कतिखेर आएकी ?’
‘१० मिनेटजति भो ।’
मेरो पकेटको गुलाब हेर्दै सोधी – ‘कसको लागि हो त्यो ?, मलाई भेटीसकेपछि गर्लफ्रेन्ड भेट्न जाने हो ?’, उसले पहिलोपटक मेरो गर्लफ्रेन्ड बारे सोधेकी थिई ।
‘हो ।’, मैले ढाँटे । ‘तर तिमी भन्छौ भने तिमीलाई नै दिउँला नि के भो’र !’
‘गर्लफ्रेन्ड रिसाउली नि फेरी ।’‘रिसाउन्न ।’
‘किन नि ?’
‘मैले ब्रेकअप दिइसकेँ ।’
ब्रेकअप त उसैले दिएकी हो, तर इच्छाको अघि आफ्नो शान कायम राख्नलाई फेरी झुट बोलेँ ।
‘ओ, सो स्याड, किन के भाथ्यो र ?’, ऊ थप जान्न इच्छुक भई । तर मलाई त्यतातिर जानु थिएन ।
‘लिभ इट’, यत्ति भन्दै मैले उसलाई त्यो गुलाब दिएँ ।
‘थ्याङ्क यू ।’
 

त्यो दिन हामीबिच लामै कुराकानी भो । उसले आफ्नो ब्यायफ्रेन्डको बारेमा धेरै कुरा सेयर गरि । उसको कुरा सुन्दा लाग्थ्यो उनीहरुको जोडी आदर्श जोडी जस्तै छ । उसले त्यसरी नै बयान गरेकी थिई । उसले मेरो पुर्वप्रेम बारे पनि जान्न इच्छा राखी, तर मैले अर्कोपटकको लागि साँचे । अर्कोपटक भेट्ने बहाना पनि त चाहिएको थियो । उसले मलाई आफ्नो प्रेमीसँग भेटाउने प्रस्ताव राखी, तर मैले तत्कालको लागि इन्कार गरेँ ।
 
त्यो दिनको भेटले हामीबिच निकटता थप्यो । पहिला मेरो आँखा र मस्तिष्कमा मात्र डेरा जमाएकी उसले विस्तारै मेरो मनमा पनि डेरा जमाउन थाली ।
.......................................................................................................................बाँकी अंश केही दिनपछी ।

खाँदबारीको पानीपुरी, कुखुरी र खुकुरी

पूर्वी नेपालको संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजारमा लाग्ने शनिबारे हाटबजारमा देखीएका केहि दृष्यहरु ।
हाटबजारको दृश्य

हाटबजारको दृश्य

हाटबजारमा विक्रिका लागि राखिएका फलामे औजारहरु

हाटबजारमा विक्रिका लागि राखिएका जडीबुटीहरु

चौँरीको रौँ

हाटबजारको दृश्य

हाटबजारको दृश्य

हाटबजारमा विक्रिका लागि राखिएका कुखुराहरु

यार्सागुम्बा

यार्सागुम्बा

जडीबुटी विक्रि गर्दै ग्रामिण महिला

पानीपुरी र चटपट

हाटबजारस्थलबाट देखिएको दृष्य
 
    

nbsafal.blogspot.com
nirajbabu.bhatta@gmail.com