~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


#आमा



#आमा


प्रत्येक साँझ
आँगनको डिलबाट
बाटोमा परसम्म हेर्थेँ
आमाले घाँसको भारीमा राखेर
के ल्याइदिइन होला भन्ने अपेक्षासँगै
आमाको प्रतिक्षामा हुन्थेँ ।

डाँडामा घाम अस्ताउँदै गर्दा
जब झ्याउँकिरी कराउन लाग्थे
गोठका गाईवस्तुले पनि
आमा आउनुभएको संकेत पाउँथे
र एकोहोरो कराउन थाल्थे
उतीखेरै
मेरो प्रतिक्षाको घडी पनि सकिन्थ्यो
आमाले ल्याएको घाँसको भारीबाट
कहिले काफल, ऐँसेलु, कटुस,
त कहिले अम्बा र सुन्तला निस्कन्थ्यो । 

#आमाको_माया