~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~



उनको नाउँमा

प्रिय कुसुम,
अविरल र अनन्य सम्झना साथै मिठो माया, 
           प्रकृतिको लिलामा क्रीडा गर्न मलाई नै भनेर समर्पित एउटा सर्वोत्कृष्ट नारीकृति, कुसुम । मेरी सर्वप्रिय प्राण र त्राण कुसुम । रुपमा मात्रै धनी होइन मेरी कुसुम, बहुआयामीक स्रष्टा हुन् मेरी कुसुम । अश्वेत चर्म, श्वेत कर्म, हँसिला आँखा, रसिला खुल्ला व्यवहार, अनि सर्वप्रिय ग्रहणशील, सहनशील नमुना पात्र हुन् मेरी कुसुम । यो प्रेमपूर्ण स्मृतिपत्र उनै कुसुमका लागि सप्रेम समर्पण ।
         “तिम्रो प्रेसर कति छ कुसुम ?”  यही वाक्यांशबाट सुरु भएको थियो मायालु मित्रता । तिमीले स्रष्टाभाव जनाएर भनेकी थियौ–“किन र, म बढी रिसाउँछु ?” मैले हैन भनेर टाँरे । तिमी चुप बस्दा ज्यादै गहन सोचमा डुबेजस्तो लाग्थ्यो । पछि सन्चो विसन्चो सोध्न थालियो । एकअर्कामा रसिक अभ्यस्थता छाइसकेछ पत्तै भएन । ममा मात्र प्रेमभाव संचारित भएको होइन रहेछ, तिमी पनि उत्सुक र चिन्तलशील रहिछौ । एक पटक त लाग्यो “रव ने बना दि जोडी” ।
         हामी एक अर्काको रुचिलाई सम्मान गथ्र्यौँ । एक अर्काको इच्छा पुरा गर्न पाउँदा आनन्द महसुस गथ्र्यौँ । एक–अर्काको अनुपस्थिति बाहेक अन्य दुविधा परेनन् । किनकी हामी होस्टेल बस्दथ्यौँ । सह–शिक्षामा आधारित बोर्डिङ स्कुल त्यसमाथि होस्टेल । ती दुई वर्ष स्वर्णिम थिए । मैले क्वीज जित्दा तिमी मभन्दा बढी खुशीले उमंगीत भएकी थियौ , मलाई हिजो झैँ लाग्छ । तिम्रो नृत्यमा श्रीबन्दी झर्दा मैले भिडीयो खिच्न छाडिदिएछु, झसङ्ग भएर अफ को बटन पो थिचिदिएछु ।  

प्रिय कुसुम,
        तिमीले बिस्र्यौ गोदावरीमा विताएका पलहरु, अनी सुर्यबिनायक, रानीबन र भुतखेलका क्षणहरु । मैले काठमाडौँ छाड्दा तिम्रा आँखाबाट झरेका आँसुले अझैँ पोल्दै छ मलाई । मैले तिमीलाई याद नगरेको, सम्झना नगरेको, माया नगरेको कुनै क्षण छैन । हरपल हरक्षण मेरो आँखामा तिम्रै झझल्को आइरहन्छ । देख्छु आँखाअगाडी तिमीलाई । त्यसैले त म चाहन्छु तिम्रो जिन्दगीको क्षितिजमा मायालु सुर्य भई सदा झुल्कीरहुँ । तिम्रो हृदयको विशाल आकाशमा चन्द्रमा बनी उदाइरहुँ । फुलैफुलको मौसम बनी तिम्रो जिन्दगीको बसन्तमा छाइरहुँ ।

प्रिय कुसुम,
        हामीले करिअर र सम्बन्ध अनी शिक्षालाई समान रुपले लानुपर्छ भनी वाचा गरेथ्यौँ, मेरै मातृभुमी गोरखाको मनकामना अगाडि । यो भ्यालेन्टाइनमा म अलि विचलित छु । तिमी त्यती टाढा के गर्छौ कुन्नी ! , सँगै हुँदाको झझल्कोले पोल्दो हो ।

प्रिय कुसुम,
        मेरो आँखाभरि झझल्को बनेर छाइरहन्छ्यौ तिमी नै, प्रत्येक वस्तुहरुमा देख्छु तिम्रै प्रतिबिम्ब । मन्दमन्द पवनमा पनि गुञ्जिन्छ तिम्रै मिठो आवाज, प्रतिध्वनीत भएर आउँछ । सम्झन्छु तिमीसँग हिँडेका, बोलेका, प्रेम साँटासाँट गरेका ती दिनहरु, सम्झनाको पीडाले भतभती पोलेर आउँछ छाती । चक्कराएर आउँछ दिमाग । तर के गरुँ....म प्यासी हुँ तिम्रो चोखो मायाको, म पारखी हुँ तिम्रो रुपछाँयाको । तिमी हिँड्ने बाटोभरि फुलैफुलका असंख्य गुच्छाहरु बिछ्याएर म तिम्रो मयााकै खातिर तपस्या गरिरहेको छु ।

प्रिय कुसुम,
       प्रेम बुझ्न खोज्दैन । प्रेम कहिलेकाँही त बडा गजबको लाग्छ । तिमीलाई आज एउटा वाचासहितको भ्यालेन्टाइनको शुभकामना दिन्छु । सरल र सहज बिना प्रयासले तिमीलाई पाएपनि तिमी धेरै अनमोल छ्यौ । मलाई लैला मजनुको कथा दोहो¥याउनु छैन । मलाई शिव सतीदेवीप्रति संवेदना मात्र छ । अन्त्यमा तिम्रै कविताबाट चिठ्ठी समापन गर्न चाहन्छु–
 
तिमीलाई पाएपछि
कुनै यात्रा गर्नुछैन
जितहार बाँकी छैन
तिमीलाई पाएपछि....तिमीलाई पाएपछि....
 उही तिम्रो,
सफल

(सन् २००९ को प्रणय दिवस मा क्याक्टस ग्रुपद्वारा आयोजित प्रेमपत्र लेखन/वाचन प्रतियोगितामा प्रथम पुरस्कारले पुरस्कृत प्रेमपत्र )
   

Earth Day Media Workshop

Some Pictures from the 
Earth Day Media Workshop for Environmental Journalists 
organized by 
Hariyo Ban Program,
 held in kathmandu, 22nd and 23rd April.