गत शुक्रबार साँझ महाराजगञ्ज चोकको एक क्याफेमा कफिको चुस्की लिँदै एउटा
साथीलाई कुर्दै थिएँ । म बसेको टेबलको दायाँतर्फ अर्को टेबलमा दुईजना युवा
समसामायिक राजनितिक विषयमा गफिदैँ थिए । उनीहरुको गफको बिचबिचमा आफ्नो तर्क पनि
मिसाउँ कि झैँ त लाग्दै थियो तर आफ्नै पारामा गफिरहेका उनीहरुलाई आफ्नो तर्क
सुनाउने चेष्टा गरिन । केहिबेरमा उक्त टेबलमा अर्को तेस्रो व्यक्तिको प्रवेश भयो ।
सायद उनीहरुकै समुहको अर्को सदस्य थियो। ऊ कुर्चीमा बस्न नपाउँदै ती दुईजनाको
गफलाई छायाँमा पार्दै कराउन लाग्यो ।
भन्दै थियो - 'आज त मैले ठुलै युद्ध जितेँ यार !'
ति दुई छक्क पर्दै उसले जितेको युद्धबारे प्रश्न तेर्साउन थाले । उसको
कुराले मलाई पनि कौतुहलता जागिहाल्यो ।
अघिदेखी बसिरहेका दुईमध्ये एउटाले सोध्यो- '‘के जितिस् र त्यस्तो
त्यही भर्चुअल वार न जितिस् होला नि !' सायद ऊ भिडियो गेमतर्फ इंगित गर्दै थियो ।
‘'कहाँको भर्चुअल वार हुनु, रियल युद्घ नै जितियो नि ।' –उसले जवाफ फर्कायो ।
‘'आज त सुन्धरादेखि नै माइक्रोको सिटमा बसेर आइयो नि !' – उसले स्फुर्तीसाथ भन्यो ।
उसको जवाफ सुनेर ति दुई गलल्ल हाँसे । वरपरका अरुहरु पनि मुस्काए । मैले
पनि हाँसो थाम्ने आँट गरिन र केहिबेर बाहिरै देखिने गरि र धेरैबेर भित्रभित्रै
हासेँ ।
****
(हुन पनि वास्तविकता यस्तै छ काठमाडौँको । सिट क्षमता भन्दा दोब्बर तेब्बर
मान्छे माइक्रोमा सामानको खात लगाएसरह
कोचिने गरिन्छ र कोचिनु पर्ने बाध्यता पनि हुन्छ । सार्वजनिक यातायतमा सिटमा बसेर
यात्रा गर्न पाउनु त ठुलै युद्ध जितेसरह हुन्छ काठमाडौँमा ।)
No comments:
Post a Comment