~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~
नरेन्द्र मोदीको गोरखा भ्रमण
भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदी ज्यू,
केही महिना अघि तपाईँले गर्नुभएको नेपाल भ्रमणको राप सेलाउन नपाउँदै फेरी
सार्क सम्मेलनको अवसरमा हुने तपाईँको नेपाल आगमनले मलाई मात्र होइन धेरै नेपालीलाई
उत्साहित बनाएको छ । अघिल्लो भ्रमणमा त तपाईँले नेपाली नेता–जनता सबैलाई मोहित
तुल्याईदिनुभयो । तपाईँले संसदमा गरेको १ घण्टे भाषणले नै हजारौँ जनता तपाईँका
ठुला फ्यान भए । तपाईँकै भ्रमणले गर्दा वर्षौपछी सडक सफा
देख्न पाउँदा कम्ता रमाएका थिएनन् काठमाडौँका जनता ।
मोदी ज्यू,
तपाईँको भ्रमणले हाम्रो देशमा, बिशेष गरी काठमाडौँमा ठुलै तरङ्ग ल्याउँछ भन्ने कुरो त तपाईँले अघिल्लो भ्रमणमै थाहा पाउनुभएकै हो । तपाईँको भ्रमणले हाम्रो सरकार, नेता र कर्मचारीहरुलाई अलिक बढी जाँगरिलो बनाउने हुँदा पनि तपाईँको दोस्रो नेपाल भ्रमणलाई हामी नेपाली जनताहरुले धेरै नै चासोका साथ हेरिरहेका छौँ । हुन त यसपटक तपाईँसँगै अन्य मुलुकका राष्ट्रप्रमुख र सरकारप्रमुख पनि नेपाल आउँदै छन् । तर पनि तपाईँको आगमनको छुट्टै प्रतिक्षा छ । तपाईँ विश्वका शक्तिशाली व्यक्तीमध्यको एक जो पर्नुभो ।
मोदी ज्यू,
तपाईँको यसपटकको भ्रमणकै कारण काठमाडौँ र मोफसलका केही स्थानमा दशकौँ देखि
नभएका विकासी कामहरु रातारात हुँदैछन् । नेपाल सरकारको यो जाँगरलाई देखेर हामी
जनता पनि बढो दंग परेका छौँ । काठमाडौँका सडकमा पिचमाथि पिच हुँदैछ । वर्षायाममा
समेत ८ घण्टे लोडसेडिङ्ग गर्ने र
दिपावलीमा घरघरमा बत्ती नबाल्न भन्ने सरकारले यसपटक सडक समेत झिलिमिलि
पार्दैछ ।
अझ राजधानीको महत्वपूर्ण स्थानका घर धनीहरुको त खुशीको सिमा नै छैन ।
सरकारले नै घर रंगाइदिएपछि कुन जनता पो खुशी हुँदैन र है ! तपाईँ स्थलमार्ग हुँदै
नेपाल भित्रने भएपछि राजमार्गले पनि कोल्टे फेर्ने भै गो । जनकपुर र लुम्बिनीका
जनता पनि विकासले अनपेक्षित गति लिएपछि हर्षबडाई गर्दै छन् अरे !
यी सब कुरो बताईरहँदा तपाईँलाई यो पत्र लेख्नुको खास कुरो चैँ अब बताउँदै
छु । तपाईँले यसपटकको भ्रमणमा जनकपुर र लुम्बिनी पनि भ्रमण गर्ने भएपछि म गोर्खे
ठिटोलाई पनि एउटा अनुरोध गर्न मन लागिहाल्यो र यो पत्र लेखेको हुँ । तपाँईले
यसपटकको भ्रमणमा जनकपुर र लुम्बिनीसँगै ऐतिहासीक गोरखा दरबारको पनि भ्रमण गरिदिनुप¥यो । तपाईलाई थाहा नै
भै गो कि,
तपाईँ वा
तपार्इँजस्तै शक्तिशाली व्यक्तिको आगमन बिना नेपालको विकास कछुवा गतिमा मात्रै
हिँड्छ । तपाईँ आउने खबर मात्रै आयो भने पनि बेलुका सुत्ने बेलामा केहि नदेखेका जनताले
बिहान उठ्दा बिकासले ठुलै फड्को मारेको देख्न पाउँछन् ।
तपाईँले यसपालीको भ्रमणमा गोरखा दरबार हुँदै निर्माणउन्मोख बुढीगण्डकी
जलविद्युत् आयोजनास्थल (आरुघाट) सम्म जाने इज्छा जाहेर गरिदिनुभयो भने दशकौँ देखि
कच्चि सडकमै हिड्न बाध्य हामी गोर्खाली पनि सरर पिच बाटोमा गुड्न पाउने थियौँ कि !
तस्विरमा हेर्नुस् त हामीले अहिले हिँड्ने सडक कस्तो छ ।
![]() |
तस्विर : दरौदी दैनिक , गोरखा |
तपाईँले नै घोषणा गर्नुभएको सहुलियतपूर्ण अरबौँ ऋण पनि सरकारले
निर्माणउन्मोख बुढीगण्डकी जलविद्युत् आयोजनामा खर्च गर्ने कि भनेर सोच्दै छ अरे !
तपाईँले त्यस स्थलसम्मको भ्रमण गर्नुभयो भने त त्यसमा पनि बल पुग्ने थियो । मलाई
विश्वास छ तपाईँले गोरखा भ्रमणको योजना बनाउनुहुनेछ । आखिर तपाईँको गोरखा मोह त
तपाईँले चुनावी प्रचारप्रसारकै बेलामा देखाउनु भएको हो नि ।
मोदी ज्यू,
तपाईँको हिन्दु धर्मप्रतिको विश्वासकै कारण पनि तपाईसँग थप एउटा अनुरोध
गर्न चाहन्छु । यसपटकको भ्रमणमा तपाईँले पशुपतिनाथको दर्शन अघि बाग्मती र
बिष्णुमतिमा स्नान गर्ने इच्छा पनि जाहेर गरिदिए राजधानीबासी धन्य हुने थिए ।
बषौँदेखिको प्रयासमा पनि अझै सफा गर्न नसकिएको बाग्मती नदि तपाईँले स्नान गर्ने
इच्छा जाहेर गर्नासाथ रातारात सफा हुनेमा हामी विश्वस्त छौँ ।
हवस् त मोदी ज्यू अहिलेलाई पत्र टुंग्याउन चाहन्छु । बाँकी अनुरोध तपार्इँको अर्को भ्रमणताका गर्नेनै छु । मेरा यी अनुरोधहरुलाई सहर्ष स्विकार्नुहुनेछ भन्ने विश्वास छ ।
ठुलै अपेक्षा सहित,
गोर्खे ठिटो
'आज मैले ठुलै युद्ध जितेँ'

भन्दै थियो - 'आज त मैले ठुलै युद्ध जितेँ यार !'
ति दुई छक्क पर्दै उसले जितेको युद्धबारे प्रश्न तेर्साउन थाले । उसको
कुराले मलाई पनि कौतुहलता जागिहाल्यो ।
अघिदेखी बसिरहेका दुईमध्ये एउटाले सोध्यो- '‘के जितिस् र त्यस्तो
त्यही भर्चुअल वार न जितिस् होला नि !' सायद ऊ भिडियो गेमतर्फ इंगित गर्दै थियो ।
‘'कहाँको भर्चुअल वार हुनु, रियल युद्घ नै जितियो नि ।' –उसले जवाफ फर्कायो ।
‘'आज त सुन्धरादेखि नै माइक्रोको सिटमा बसेर आइयो नि !' – उसले स्फुर्तीसाथ भन्यो ।
उसको जवाफ सुनेर ति दुई गलल्ल हाँसे । वरपरका अरुहरु पनि मुस्काए । मैले
पनि हाँसो थाम्ने आँट गरिन र केहिबेर बाहिरै देखिने गरि र धेरैबेर भित्रभित्रै
हासेँ ।
****
(हुन पनि वास्तविकता यस्तै छ काठमाडौँको । सिट क्षमता भन्दा दोब्बर तेब्बर
मान्छे माइक्रोमा सामानको खात लगाएसरह
कोचिने गरिन्छ र कोचिनु पर्ने बाध्यता पनि हुन्छ । सार्वजनिक यातायतमा सिटमा बसेर
यात्रा गर्न पाउनु त ठुलै युद्ध जितेसरह हुन्छ काठमाडौँमा ।)
झस्काइरहन्छ घुन्सा दुर्घटनाले
निरज बाबु भट्ट
असोज ७
२०६३ असोज ७ गते ताप्लेजुङ जिल्लाको उत्तरी गा.वि.स. लेलेपस्थित घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना भयो । उक्त दुर्घटना विश्वका सम्पूर्ण संरक्षणप्रेमीको लागि एउटा हृदयविदारक घटना बन्न पुग्यो । प्रकृति संरक्षणमा आफ्नो जीवन अर्पण गरेका संरक्षणविद्हरुलाई उक्त घटनामा गुमाउनु पर्दा सारा संरक्षणप्रेमी स्तब्ध बन्न पुगे । कञ्चनजंघा संरक्षण क्षेत्रको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिन जाँदै गर्दा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई सहित राष्ट्रिय अन्तर्राष्ट्रिय गरि २४ जना विशिष्ट व्यक्तिहरुले उक्त दुर्घटनामा ज्यान गुमाए । उक्त दुःखद दुर्घटना भएको आज ८ वर्ष पुरा भएको छ । तर पनि संरक्षणकर्मीमाझ उक्त दुर्घटनाको घाउ ताजै छ । उक्त घटनाबाट संरक्षणको क्षेत्रमा पुगेको अतुलनीय क्षतीले अझै पनि झस्काइरहन्छ ।
उक्त दुर्घटनामा ज्यान गुमाएका विशिष्ट व्यक्तिहरुको योगदानको स्मरण गर्दै सरकारले वि.सं २०६५ बाट असोज ७ गतेलाई ‘राष्ट्रिय संरक्षण दिवस’ को रुपमा मनाउन थालेको छ । यस दिनलाई संरक्षणको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउने गरेका छन् ।
घुन्सामा भएको उक्त पिडादायी दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई, संरक्षणविद् तीर्थमान मास्के, भूगोलविद् डा. हर्क गुरुङ, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. चन्द्रप्रसाद गुरुङ, तत्कालिन वन सचिव डा. दामोदर पराजुली, वन्यजन्तु विभागका तत्कालिन महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष अमेरिकी पूर्वी हिमालय कार्यक्रमका प्रवन्ध निर्देशक मिङमानोर्वु शेर्पा, नेपालका लागि फिनल्याण्डका कार्यवाहक राजदुत पौली मस्टोनेन, अमेरिकी सहयोग नियोग युएसएडका नायव निर्देशक मार्गरेट अलेक्जेण्ड, विश्व वन्यजन्तु कोष बेलायतका संयोजक जेनिफर हेट्ली लगायत स्वदेशी तथा विदेशी संरक्षणविद्, प्रशासक तथा पत्रकार गरि २४ जनाको निधन भएको थियो ।

यो खबर यहाँ पनि - HAMRAKURA.COM
‘सेलिब्रेटी गसिप’ मा माल्भिका र प्रियंका
निरज बाबु भट्ट
असोज ६
सेलिब्रेटी हुनुको महत्व जती छ उती नै आफ्नो स्टारडम जोगाउन चुनौती छ सेलिब्रेटीहरुलाई । सञ्चार क्षेत्रको विकास र सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै नेपाली कलाकारहरुको पनि लोकप्रियता बढ्दै गएको छ । तर बेलाबखत मिडियामा आउने विवादास्पद घटनाहरुले उनीहरुलाई नकारात्मक चार्चाको विषय पनि बनाइदिने गरेको छ । विशेषतः नायिकाहरु विभिन्न समयमा विवादमा आइरहेका हुन्छन् । नम्रता श्रेष्ठ, निशा अधिकारी, प्रियंका कार्की आदि नायिकाहरु यस्ता विवादका उदाहरणहरु हुन् । तर यस्ता विवादास्पद घटनाहरुमा नायिका मात्र दोषी नहुने तर्क गर्छन पूर्व मिस नेपाल माल्भिका सुब्बा र नायिका प्रियंका कार्की ।

प्रज्ञाभवनमा आयाजित नेपाल लिटेरेचर फेष्टिवलमा संचारकर्मी सवृद्धि राई प्रस्तोता रहेको ‘सेलिब्रेटी गसिप’ शीर्षक दिइएको छलफलमा सहभागि हुँदै पूर्व मिस नेपाल माल्भिका सुब्बाले भनिन् – “यस्ता प्रकरणहरुमा सम्बन्धित व्यक्तिको धारणा नलिई एकोहोरो समाचार मात्र मिडियामा आउने गरेका छन् ।” एकोहोरो समाचार मात्र प्रकाशन÷प्रशारण गर्ने मिडिया राम्रो मिडिया हुन नसक्ने तर्क गर्दै माल्भिकाले सम्बन्धित व्यक्तिको धारणा लिएर मात्र समाचार प्रकाशन/प्रशारण गर्नुपर्ने बताइन् ।
कार्यक्रममा नायिका प्रियंका कार्कीले केही पत्रकारले अन्तर्वाताको क्रममा सोधीएका प्रश्नको जवाफलाई गलत ढंगले प्रस्तुत गरिदिँदा कलाकारहरुले अनावश्यक तनाबको सामना गर्नुपरेको गुनासो पोखिन् । मिडियाकै कारण विभिन्न समयमा आफुले समस्या भोग्नुपरेता पनि मिडियाबाट टाढा भने रहन नसकिने नायिका कार्कीको भनाई छ । नायिका कार्कीले भनिन्– “हाम्रा लागि मिडियाको भूमिका महत्वपूर्ण रहन्छ । चाहेर नचाहेरै मिडियाको सहयोग आवश्यक पर्छ , त्यसैले मिडियासँग रिस राखेर हुँदैन ।”
छलफलमा सहभागी निलु डोमा शेर्पाले चलचित्रमा नायिकालाई कमजोर भूमिकामा प्रस्तुत गरिने गरिएको तर्क गरिन् । माल्भिका सुब्बासँगै मिलेर नयाँ चलचित्र ‘हाउ फन्नी’ को निर्माण कार्यमा जुटेकी शेर्पाले आजभोली भने त्यो ट्रेण्डमा परिवर्तनको संकेत देखापरेता पनि पर्याप्त नभएको बताईन् ।
राजावादी बनाइयो – माल्भिका
आफुलाई राजावादी भनेर लगाइएको आरोप नै अहिलेसम्म सामाजिक सञ्जालमा आफुले भोग्नुपरेको सबैभन्दा ठुलो प्रहार भएको माल्भिकाले खुलासा गरिन् । आफुले राजतन्त्र मन पर्छ भनेकै भरमा आफुलाई राजावादीको ट्याग लगाइएको माल्भिकाको तर्क छ । अझ आफुले नेवार केटासँग बिहे गरेपछि त झन् लिम्बुवान विरोधी भई भन्नेसम्मको आरोप लागेको माल्भिकाले बताइन् ।
यो खबर यहाँ पनि - HAMRAKURA.COM
Subscribe to:
Posts (Atom)