~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


Little Steps for Nature Conservation - - Reusing Old Plastic Bottles

A bus toy, I made using a old shampoo bottle. I think this is a good way to reuse plastic bottles. You can also try it at your home....


माघेसंक्रान्ती र गोरु जुधाई


        गोरखा जिल्लाको बगुवामा माघेसंक्रान्ती को अवसरमा गोरु जुधाउँदै गर्दाका केहि दृश्यहरु । यहाँ हरेक वर्ष माघेसंक्रान्ती को दिन गोरु जुधाउने परम्परा छ । 







जलवायु परिवर्तनको मुद्दा राजनैतिक दलको एजेण्डा बन्न सकेन

निरज बाबु भट्ट
पोखरा, कात्तिक २९ ।

             शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जलवायु परिवर्तनको मुद्दा अझै पनि राजनैतिक दलको एजेण्डा बन्न नसकेको बताएका छन् । ‘ग्लोबल एक्सन डे’ को अवसरमा शुक्रबार पोखराको सभा गृह चोकमा आयोजित ‘जलवायु सभा’मा बोल्ने वक्ताहरुले राजनैतिक दलहरुले संविधानसभाको निर्वाचनको लागि तयार गरेको घोषणापत्रमा जलवायु परवर्तन र अन्य वातावरणीय मुद्दाहरुलाई समेटेको भएता पनि प्राथमिकता नदिएकोमा दुःख व्यक्त गरे । यस्तै उनीहरुले संविधानसभामा वातावरणविज्ञहरुको प्रतिनिधित्व गराउनेतर्फ राजनैतिक दलहरुले कञ्जुसाई गरेको समेत जिकीर गरेका छन् ।
              ‘स्वच्छ जलवायु : दिर्घ आयू’ भन्ने मुल नाराका साथ जलवायु परिवर्तन र त्यसले पार्ने प्रभावका बारेमा युवाहरुबीच छलफल गराउने उद्देश्यसहित आयोजित सभामा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो । बाबा फाउन्डेसन र टिम फर चेन्ज नेपाल संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा  छुनुमुनु पब्लिकेशनका सम्पादक रविराज बस्यौला, सञ्चारकर्मी निरज बाबु भट्ट, नागरिक समाजका प्रतिनिधि रामबहादुर पौडेल, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि भावना श्रेष्ठ, वालश्रम न्यूनीकरण कार्यक्रमका संयोजक सुरेशकुमार मानन्धर, टिम फर चेन्जकी अध्यक्ष कुञ्जनी प्यासी लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । सभा सुरुहुनु भन्दा अघि चिप्लेढुङ्गाबाट सभास्थलसम्म जनचेतना ¥याली समेत आयोजना गरिएको थियो भने कार्यक्रममा साँस्कृतिक प्रस्तुती पनि प्रस्तुत गरिएको थियो ।
नेपलीज युथ फर क्लाइमेट चेन्ज, माइकल ज्याक्सन मेमोरियल फ्यान क्लब, पोखरा उद्योग वाणिज्य संघ र रेडियो छुनुमुनु समेत सहयोगी रहेको कार्यक्रमको अन्त्य दिप प्रज्ज्वलन गरि गरिएको थियो ।
             जलवायु परिवर्तन महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन (कोप) को आयोजना हुने समयमा ग्लोबल एक्सन डे मनाउने गरिन्छ । कोपको १९ औँ सम्मेलन गत सोमबारबाट पोल्यान्डको वार्सामा चलिरहेको छ । जहाँ नेपाली प्रतिनिधिमण्डलले पनि सहभागिता जनाइरहेको छ ।