खतरापूर्ण बाटो तर अविचलित चाल
१ घण्टे ओराली यात्रापछि बेलुकीको करिब चार बजेको हुँदो हो, हामी हिंडिनैरहेका थियौँ । उज्यालैमा गोदावारी पुग्ने लक्ष्यसाथ हामी छोटो बाटो प्रयोग गरिरहेका थियौँ । अचानक हामी खास बाटो छल्दै अर्को चैँ बाटो अंगाल्न पुग्यौँ । २ जना साथीहरु केही अघि थिए भने बाँकी ४ केही पछि । अघि रहेका साथीहरुले अर्कैबाटो रोजेपछि बिचमा रहेका साथिहरु पनि त्यै बाटो हिड्न थाले । म अलिक पछि पुग्दा दोबाटो देखें र साथीहरु अर्को बाटो लागेकाले ‘हामी बिहान आएको बाटो त अर्को हो त, फेरी किन यो बाटो गा’को ?’ भनी प्रश्न गरेँ । अघि रहेको साथीले ‘यहाँबाट गए नि रोड निस्कन्छ, अलिकति तल त हो’ भनेपछि र अन्य साथीहरु धेरै तल पुगिसकेकाले उनीहरु फर्कनु भन्दा हामी पछि रहेका नै त्यही बाटो जान उचित हुने ठानी पछि लाग्यौँ । केहीबेर हिँडेपछि त बाटो बिलाएर भीर पो सुरु हुन थाल्यो । मैले साथीहरुलाई भनें तर अघि रहेका साथीले बाटो आउनै लागेको भनेपछि लौ त भनि भीरमा नै हिड्न थालियो । करिब १० मिनेट भीर हिंडेपछि मलाई निश्चित भो त्यो भीरमा खहरे थियो, बाटो भेटीने एकिन भएन मलाई । तर अघि रहेका साथिहरुले हौसाइरहेपछि उही भीर हिंडि नै रह्यौँ ।
दुई जना साथीहरु निकै अघि पुगिसकेका थिए, तर उनीहरुको आवाज आउन भने छोडेको थिएन । एउटी साथीलाई हिंड्न अलि समस्या भएपछि बाँकी ४ विस्तारै हिँडिरहेका थियौँ । करिब आधा घण्टाको भीर हिँडेपछि अघि हिँडेका दुई साथीको अत्तोपत्तो भएन । उनीहरुले हाम्रो आवाज सुन्न छोडे, हामीहरुले उनीहरुको । आधा घण्टासम्म पनि बाटो नदेखिएपछि अब मलाई पक्का भो हामी बाटो छलेर निकै पर पुगिसक्यौँ र बाटो भेटीन कठिन छ । अब फर्कीउँ, त्यो कहालीलाग्दो भीर फर्किन संभव छैन, न त दुई साथीहरुको नै पत्तो छ । नफर्किउँ भीर सकीने नसकीने एकिन छैन । हामी दोधारमा प¥यौँ । तै पनि बाटो भेटीने आशामा रुखका बुटा र लहराहरुको सहारामा भीरभीर हिँडिरह्यौ । अर्को आधा घण्टामा पनि बाटोको अत्तोपत्तो नभएपछि मैले खहरे–खहरे जाने र त्यसबाट खोलामा पुगी खोला खोलै हिंड्दा केही उपाए निस्कने कुरा साथीहरुलाई बताएँ र साथीहरु पनि सो कुरामा राजी भए । अन्य दुुईजना साथीलाई सम्पर्क गर्न खोज्यौँ तर सम्पर्कै हुन सकेन । करिब पाँच बजे हामी ४ जना खोला किनार पुग्यौँ ।
छिप्पीदोँ रात र बिकल्पको खोजी
पाटने केटाहरुले फुल्चोकी डाँडामा बस्ने आर्मीको नंम्बर ल्याएका रहेछन् । धेरै प्रयास गरियो फोन लागेन । अब के गर्ने त ? बाध्य भएर मैले प्रहरीको १०० मा डायल गरेँ । नेटवर्कले काम गरे पो ! ५ः५० बाट सम्पर्क गर्न थालेको ६ः०२ मा बल्ल बल्ल फोन लाग्यो र मैले परिवेश बताएर सहयोगको याचना गरेँ । केहीबेरमा ललितपुर प्रहरीको फोन आयो र मैले यथार्थ परिस्थिति बयान गरेँ । हामी ९ जना एकातिर रहेको र अन्य दुई जना साथीहरुको पनि अत्तोपत्तो नभएको बताएपछि प्रहरीले आफुहरुले खोजी गर्ने बतायो र जसले मनलाई केही सान्त्वना पुग्यो ।
हामी खोला–खोला हिंडिनै रह्यौँ । करिब ६ः३० बजेको हुँदो हो, हामी खोला खोला हिँड्दै गर्दा पहरो आइपुग्यो र हामी अघि बढ्न नसक्ने भयौँ । दाँया बाँया पनि भिर मात्र रहेकाले अघि बढ्न सम्भव नै भएन । रातको समय त्यस्तो अवस्थाबाट जबजसर््ती अघि बढ्न खोजे चोटपटक लाग्ने सम्भावन थियो नै । अन्ततः हामी त्यसठाउँबाट अघि नबढ्ने र प्रहरीको प्रतिक्षामा बस्ने निष्कर्षमा पुग्यौँ ।
अब हामी सोही ठाउँमा आगो बालेर बस्ने तयारी गर्न लाग्यौँ । धन्न एउटा साथीसँग लाइटर भएको हुनाले आगो बाल्न सकियो । मैले पुनः प्रहरीलाई फोन गरेँ । प्रहरीले खोला खोलै तल झरिरहन भन्यो । मैले अघि बढ्न सम्भव नभएको र सोही ठाउँमा रहने बताएँ । सँगै रहेका दुई साथीहरुले पनि आफन्तमार्फत प्रहरीकोमा सन्देश पु¥याए । प्रहरीसँग सम्पर्क भइरहँदा मैले आँफुहरु खोलाको किनारमा ९ जनाको समुहमा आगो बालेर बसिरहेको जानकारी गराँए । प्रहरीले खोलामा पानी रहेको नरहेको बारे जिज्ञासा राख्यो । मैले पानी रहेको जानकारी गराएँ । त्यो खोँचमा त्यो समय प्रहरी आएर उद्दार गर्नेमा मलाई भने शंका नै थियो ।
हामी त्यो रात जंगलमै काट्न मानसीक रुपमा तयार त भैसकेका थियौँ । तर हामीसँगै रहेकी एउटी साथीको घरमा भने तनाब सिर्जना भैसकेकाले अलि चिन्ता थप्यो । साथै बाँकी दुई साथीको अत्तोपत्तो नहुँदा मन आत्तिरहेको थियो ।
केहीबेरपछि साथीको मोबाइल बज्यो । हतारहतार फोन उठाउँदा हामीसँग छुटीएका साथीको रहेछ । उनीहरु त गोदावरी पुगेर हामी कहाँ पुग्यौँ भनेर फोन गरेका रहेछन् । उनीहरु पनि हामीले नै प्रयोग गरेको बाटोबाटै तल आर्लीएका रहेछन् । उज्यालैमा भएकाले उनीहरुलाई सम्भव भो हामी ढिला भयौँ । जे होस् ता उनीहरु सुरक्षित गोदावारी निस्कीएकोमा मन सान्त भयो र उनीहरुलाई हामी जंगलभीत्रै रहेको र हामीलाई प्रहरीले खोजी गरिरहेको जानकारी गराएर उनीहरुलाई हाम्रो प्रतिक्षा नगरी सुरक्षित रुपमा घर जान भन्यौँ । यति भन्न पनि धेरैपटकको सम्पर्कमा मात्र संभव भयो । नेटवर्कले काम गरे पो त !
पुनः प्रहरीसँग सम्पर्क भयो प्रहरीले आफुहरुले खोजी गरिरहेको र सुचनाको लागि साइरन बजाउने जानकारी गरायो । हामीले पनि समयसमयमा र साइरन बज्दा आवाज र क्यामराको फ्यास दिने बतायौँ । पुनः ति दुई साथीहरुसँग सम्पर्क भयो । उनीहरु घर नगई प्रहरीकोमा गएका रहेछन् । आखिर सँगै आएका साथीलाई जंगलमा छोडेर जान उनीहरुको मनने पनि कहाँ मान्थ्यो र !
प्रहरीसँगै आएका पाटने केटाहरुको साथीहरुले जुस, चकलेट, चाउचाउ र पानी बोकेर आएका रहेछन् । हामी जुस, पानी पिउँद प्रहरीको साथ त्यस स्थानबाट हिँड्यौ । ९ जना हामी, ५ जना प्रहरी र २ जना पाटने केटाहरुका साथी गरी हामी १६ जनाको समुह ४५ मिनेटको हिँडाइपछि सडकमा निस्कियौँ । प्रहरी जवान दिपेन्द्र क्षेत्री सहितको टोलीले हामीलाई मोटरबाटो पु¥यायो । त्यहाँ दुईवटा गाडीसहित अन्य केही प्रहरीहरु पनि भेटीए । त्यहाँबाट गोदावारी हुँदै हामी केहीबेरमा महानगरिय प्रहरी प्रभाव, नागरिक सहायता कक्ष, बाँडेगाउँ पुग्यौँ । त्यहाँ हाम्रा दुईजना साथीहरु पनि भेटीए । त्यहाँ प्रहरीले हाम्रो नाम, ठेगाना टिपोट ग¥यो र घर फर्कने साधन बारे सोध्यो । पाटने केटाहरु आफन्तसँगै बाहिरिए । प्रहरीले हामीलाई साधन नभए साददोबाटोसम्म आफुहरुले पु¥याइदिने र त्यहाँबाट ट्याक्सीमा जान सुझायो । तर एउटा साथीले आफन्तसँग गाडी मगाइसकेकाले हामी त्यही गाडीमा जाने भयौँ ।
हाम्रो उद्दारमा गरेको सहयोगको लागि सई ज्ञानेन्द्र बस्नेतसहितको प्रहरी टोलीलाई धन्यबाद दिँदै हामि त्यहाँबाट हिँड्यौ र करिब ११ बजे हामी सामाखुशी फर्कियौँ ।
आखिर गल्ती कहाँ भो त !
जाडो मौसम हाइकिङ्गको लागि उपयुक्त मानिन्छ र त्यसमाथि फुल्चोकी जस्तो ठाउँ धेरैकै रोजाइमा पर्छ । थुप्रै अप्सनका माझ हाम्रो रोजाईमा पनि सुन्दर फुल्चोकी नै प¥यो । छोटो दिन र सुस्त हिँडाई ११ बजे मोटरबाटो उकालो चढी फुल्चोकी डाँडा पुगेर उज्यालोमै फर्किन कठिन नै छ । त्यसैले हामीले छोटो बाटो रोज्यौँ । बाटो खतरापुर्ण रहेको जानकारी पनि बाटोको माथि पुगेर मात्र त्यहाँ राखिएको बोर्ड हेरेर थाहा पायौँ । हामी छोटो बाटो सहजै रुपमा पार गर्दै डाँडा पुगेकाले फर्कदाँ पनि सोही बाटो प्रयोग गर्नु नौलो थिएन । न त हामीलाई बाटो त्यती खतरापूर्ण नै लाग्यो । तर जब ओरालो लाग्दा बिचबाट हामी जानाजान गलत बाटो प्रयोग गर्न पुग्यौँ, त्यो नै गल्ति थियो । गलत बाटो प्रयोग नै गरेपनि जब खास बाटोको अत्तोपत्तो हुँदैन र भिरमात्र देखिन्छ, हामीले फर्कने सुर गर्नुपथ्र्यो जुन गरेनौँ । अर्को गल्ती त्यहाँ भयो । पुुसको दिन चाँडै अध्याँरो हुने भएकाले हामी अलि होसीयार हुनुपर्ने थियो । अर्को गल्ति गलत बाटोमा हिँड्दै गर्दा एक समूहबाट छुट्टिएर दुई समुहमा बाँडिनाले भयो । धन्न ति दुई साथीले सुरक्षित अवतरण गरे, नत्र अर्को वित्यास पर्ने सम्भावना थियो ।
भूल गर्दाको रमाइलो
(अन्यथा नबुझियोस्)