~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


प्रिय मुटु...


प्रिय मुटु,
अपार माया, मिठो सम्झना र न्यानो स्नेह

जिन्दगीमा तिमीलाई पाएपछि म हराएँ प्रीय । तिमीमा हराएँ
१० साता भइसकेछ, जिन्दगीले नयाँ सुखको अनुभूत गर्न थालेको पनि । यो अवधिमा एउटी सुन्दर स्त्रीको कोमल मुटुमा सजिएर बस्न पाउने भाग्य प्राप्त गरेको छु मैले । 

साँच्चै तिमी आयौ, मेरो जिन्दगीमा आयौ । यसरी आयौ की अपार खुशी बोकेर आयौ । तिमीलाई मेरो मनको कुनाकुनामा स्वागत गर्न पाउँदा हर्षले सिमा नाघेको छ प्रिय । अझ बाँकी जीवन हामी सँगै बिताउँदै छौँ भन्ने कुराले मन चंगा भैरहेछ । 

मेरो नसाहरुमा आजकाल रगत भन्दा धेरै तिम्रो प्रेम बगीरहेको छ । 
मेरा आँखाहरुले उज्यालो देख्न आजकाल बिहान कुर्नु पर्दैन, हरपल तिमी बलिरहेकी हुन्छौ । 
मेरा ओठहरुलाई बोल्न कुनै विषय चाहिँदैन आजकाल, धाराप्रवाह तिम्रो बयान गर्न सक्ने भएका छन् ।
मेरा कानहरु तिम्रा आवाज सुन्न लालायीत हुन्छन् ।
अंगअंगको के बयान गरु प्रिय, मेरा प्रत्येक अंगहरु तिम्रो खुशीको लागी प्रार्थना गरिरहेका हुन्छन् ।

यो हाम्रो पहिलो भ्यालन्टाइन्स् डे म तिमीसँगै बिताउन चाहन्थे, तर केही दिन न हो, अनि त हामी सदाका लागी एक हुँदैछौँ भनेर मन बुझाइरहेछु । 

म मेरो आँखाबाट तिमीले बुनेका सपना देख्न चाहन्छु र तिम्रो आँखा बाट मैले बुनेका सपना । ती सपना देख्ने मात्र पनि होइन, साकार पार्ने अठोट पनि त छ हामीसँग ।

म तिम्रो मायामा चुर्लम्म डुबेको छु र तैरिने चाहना पनि छैन । तिमी मेरो प्रत्येक धड्कनमा धड्कीरहेकी छौ प्रिय र धड्कनेछौ अन्तिम सास रहेसम्म ।

धेरै धेरै माया==========
उही तिम्रो मुटु

मुक्तक

                                                                  मुक्तक

                                            लत्पतीएला शृंगार भो धेरै नचल
                                          लाग्छ थकाई बेकार भो धेरै नचल
                                         किन हतार तिमीलाई बैंस बिसाउन
                                           भत्किएला प्रेमघर भो धेरै नचल  
                                                                      😊
                                                                                                                                                                                                                     pic: google

#आमा



#आमा


प्रत्येक साँझ
आँगनको डिलबाट
बाटोमा परसम्म हेर्थेँ
आमाले घाँसको भारीमा राखेर
के ल्याइदिइन होला भन्ने अपेक्षासँगै
आमाको प्रतिक्षामा हुन्थेँ ।

डाँडामा घाम अस्ताउँदै गर्दा
जब झ्याउँकिरी कराउन लाग्थे
गोठका गाईवस्तुले पनि
आमा आउनुभएको संकेत पाउँथे
र एकोहोरो कराउन थाल्थे
उतीखेरै
मेरो प्रतिक्षाको घडी पनि सकिन्थ्यो
आमाले ल्याएको घाँसको भारीबाट
कहिले काफल, ऐँसेलु, कटुस,
त कहिले अम्बा र सुन्तला निस्कन्थ्यो । 

#आमाको_माया