~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


'राष्ट्रवादी' चोरलाई पुरस्कार


संचारसम्बन्धी काम गर्ने एउटा संस्थाले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक सञ्जालमार्फत राष्ट्रवादी भावना प्रेसीत गर्ने एकजना व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय ग¥यो । करिब ३ महिनासम्मको अध्ययनपश्चात उक्त संस्थाले हरिभक्त शर्मा नाम गरेका व्यक्तिलाई पुरस्कारको लागि चयन ग¥यो । हरिभक्त शर्मा फेसबुक र ट्विटरमा निकै सक्रिय थिए । बारबार उनको राष्ट्रवादी स्ट्याटसहरु आइरहन्थ्यो । फेसबुकमा उनको फ्रेण्ड लिष्ट भरिएर छुट्टै पेज समेत बनाएका थिए जहाँ उनलाई पछ्याउनेको संख्या १५,००० भन्दा बढी थियो भने ट्विटरमा पनि करिब २२,००० फलोअर्स थिए उनका । उक्त संस्थाले हरिभक्तलाई पुरस्कृत गर्दै उनको राष्ट्रवादी पोष्टहरुलाई निरन्तरताको शुभकामना दियो । उनले पनि गमक्क पर्दै आफु राष्ट्रवादको पक्षमा सदा बोलीरहने प्रतिज्ञा गरे । 

त्यसको १५ दिन पश्चात गलत मान्छेलाई पुरस्कृत गरेको भन्दै संस्थामा पुरस्कारको विरुद्ध उजुरी प¥यो । संस्थाले पनि अनुसन्धान गरेर गल्ती भएको स्विकार्दै हरिभक्तलाई प्रदान गरिएको पुरस्कार फिर्ताको निर्णय ग¥यो । त्यसको जानकारी गराउन संस्थाले हरिभक्तलाई सम्पर्क गर्न खोज्यो । हरिभक्त पुरस्कार प्राप्त गरेको सातादिनमै स्थायी बसोबासका लागि अमेरीका प्रस्थान गरिसकेको खबर संस्थाले पायो भने हरिभक्तले पोष्ट गरेका स्ट्याटसहरु वैदेशीक रोजगारीको लागि मलेसिया पुगेका राजन नाम गरेका व्यक्तिको फेसबुक र ट्विटरबाट कपि गरिएको रहस्योउद्घाटन पनि भयो ।