~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


फेवा ताललाई छोडेन जलकुम्भीले (फोटो फिचर)

निरज बाबु भट्ट
पोखरा, ५ भदौ ।
                पर्यटकीय दृष्टिकोणले विश्वमै चर्चित स्थल हो पोखरा । आन्तरिक र बाह्य पर्यटकको रोजाईँको गन्तव्य बन्दै आएको पोखराको सुन्दरताबारे सधैँ चर्चा हुने गर्छ । त्यही सुन्दर नगरी पोखराको नामसँगै जोडिएर आउने नाम हो फेवाताल । पोखरा घुम्न आउने प्रायः पर्यटकहरु फेवाताल पुगेकै हुन्छन् । पोखरा र फेवाताल घुम्न बर्षेनी लाखौँ पर्यटक पोखरा भित्रिने गरेका छन् । पोखरा घुम्न आउने पर्यटको पहिलो गन्तव्य फेवाताललाई भने वर्षौदेखी टाउको दुखाई विषय बन्दै आइरहेकोे छ, ‘जलकुम्भी झार’ । 

जब वर्षा याम सुरु हुन्छ तब जलकुम्भीले ताललाई ढपक्क ढाकीदिन्छ । जलकुम्भी झार हटाउने प्रयास पनि हुने नगरेका होइनन् तर पनि जति मात्रामा हुनुपर्ने हो त्यो भने देखिँदैन ।

बेलाबेलामा विभिन्न संघ संस्थाहरुले तालबाट जलकुम्भी झार निकाल्ने  कार्य गर्दै आएका छन् । तर तालको सफाइमा उनीहरुको प्रयास मात्र पर्याप्त हुन सकेको छैन । यसबर्ष पनि रेबान, हान, आमा समुहहरु, डुङ्गा व्यवसायी, सुरक्षा निकाय र अन्य केही संघ संस्थाहरु तालको सरसफाइमा संलग्न भएका छन् । उनीहरुले तालबाट जलकुम्भी झार फाल्ने गरेका छन् । तर पनि जलकुम्भीको समस्या उस्तै छ । फेवातालबाट लाभाम्भीत हुने जती छन् उनीहरु मात्रै सबै दत्तचित्त भएर लाग्ने हो भने पनि धेरै मात्रामा जलकुम्भी झार हटाउन सकिने स्थानीयको बुझाइ छ । फेवातालको संरक्षणको नाममा मात्र स्थापना भएका दर्जन भन्दा बढी संघ, संस्थाले समेत फेवातालको विकास र संरक्षणमा ध्यान दिन नसकेको उनीहरुको गुनासो छ ।
जलकुम्भी झारलाई मल बनाउन र विभिन्न हस्तकलाका सामाग्री निर्माण गर्न प्रयोग गर्न सकिने हुँदा पनि यसलाई तालबाट निकाली उपयोगी प्रयोजनमा प्रयोग गर्न सकिन्छ । तालबाट जलकुम्भी झार पूर्णरुपमा हटाउन र त्यसलाई उपयोगी प्रयोजनमा ल्याउन उपमहानगरपालिकाको अगुवाईमा विभिन्न सरोकारवालाहरुलाई सहभागि गराउँदै विज्ञको सल्लाह बमोजिम योजना तयार गरि लागु गर्न आवश्यक देखिन्छ ।



No comments:

Post a Comment