~ ~ ~ ~ Welcome to nbsafal.blogspot.com. ~ ~ ~ ~


बाघ : केही तथ्य र तथ्याङ्क



(सन्दर्भ: विश्व बाघ संरक्षण दिवस, २९ जुलाई)

पानीमा रमाउँदै गरेको बाघ      photo © annick vanderschelde 

  • बाघ फेलिडी परिवारको प्यान्थेरा वर्ग अन्तर्गत पर्नेविग क्याट्स समूहको सबैभन्दा ठूलो जङ्गली जनावर  हो
  • बाघ एकदमै उच्च वातावरणीय अनुकुलन क्षमता भएको जनावर हो यो जनावर साइबेरीयाको चिसो वातावरणदेखि खुल्ला घाँसे मैदान उष्ण सदाबहार भूभागहरूमा समेत रैथाने जनावरका रूपमा पाइन्छन्
  • बाघ  नेपाल, भारत, बंगलादेश, भुटान, चीन, थाइल्यान्ड, म्यान्मार, रूस, भियतनाम, कम्बोडिया, मलेसिया, इन्डोनेसीया तथा लाओसमा पाइन्छ  
  •  विश्वमा सबैभन्दा धेरै सङ्ख्यामा पाइने बाघ बंगाली बाघ हो भने सबैभन्दा कम सङ्ख्यामा पाइने बाघ दक्षिण चीनीयाँ बाघ हो त्यसैगरि सबैभन्दा ठुलो आकार भएको बाघ साइबेरीयन बाघ हो
  •   हाल बाघले ओगटेको क्षेत्र ११,८४,९११ वर्ग किलोमिटर भन्दा पनि कम रहेको छ । 
  •   सन १९९८ यता विश्वमा बाघको ४० प्रतिशत बासस्थान विनाश भएको  
  •   एक शताब्दी अघिसम्म विश्वमा एक लाखको सङ्ख्यामा बाघ थिए । अहिले विश्वमा बाघको संख्या ३२ सयको हाराहारीमा मात्र छ 
  • बाघका नौ प्रजाति मध्ये तिनवटा प्रजातिहरू (बाली, क्यास्पीयन जाभा) यस संसारबाट लोप भैसके भने अहिले सम्म अस्तित्वमा रहेका प्रजातिहरू पनि लोपोन्मुख जनावरका रूपमा सूचीकृत भएका छन्  
    केही समयअघि वर्दिया राष्ट्रिय निकुञ्जमा देखीएको बाघको समुह

    photo © DNPWC/Nepal


  • जङ्गली अवस्थामा रहेका बाघहरू १० देखि १५ बर्षसम्म बाँच्ने गर्दछन् भने खोरमा थुनेर पालिएका बाघहरू २० बर्षसम्म पनि जीवित रहने गर्दछन् ।
  • बंगाली बाघको औसत वजन २०० किलोग्राम र बघिनीको औसत वजन १४१ किलोग्राम हुन्छ । यसैगरि बाघको औसतलम्बाई ९.५ फिट र बघिनीको औसतलम्बाई ८ फिट हुन्छ ।
  • साईबेरियन बाघको औसत वजन ३०० किलोग्राम र बघिनीकोऔसत वजन १६७ किलोग्राम हुन्छ । यसैगरि बाघको औसत लम्बाई १०.९ फिट र बघिनीको औसत लम्बाई ८.५ फिट हुन्छ ।
  • साइबेरियन बाघको वजन ३८४ किलोग्राम सम्म पनि रेकर्ड गरिएको छ ।     
  •  बाघले एकपटकमा ३० किलो सम्म मासु खान सक्छ     
  • एउटा बाघलाई एक महिनामा करिब सय पचास किलो मासु आवश्यक पर्छ     
  • १०३ दिनको गर्भाधारण पछि बघीनीले सामान्यतया २३ ओटा डमरुलाई जन्म दिन्छे । तर एकपटकमा ७ ओटा डमरुहरु सम्म पनि जन्मन सक्छन् ।
  • १६ महिना पुगेपछि मात्रै डमरुको मासु लुट्ने बंगाराको विकास हुन्छन् । यो बंगारा विकास नभएसम्म आहाराको लागि पूर्णरूपमा माउमा भर पर्ने गर्छन ।      
  •  बाघले जन्मेको एक हप्तासम्म आँखा देख्न सक्दैन ।
  • करिब ५० % डमरहरु जन्मेको २ वर्ष नपुग्दै मर्छन् ।         
  • बाघ राम्रोसँग पौडन सक्ने जनावर हो यिनले पानी भित्रभित्रै पौडने क्षमता राख्छन् । यो जनावर ४ माइलसम्म पौडन सक्छ ।       
    काठमाडौँस्थित सदर चिडियाखानामा बाघ नियाल्दै पर्यटक photo © nb safal
  • रातमा बाघले मान्छेले भन्दा ६ गुना बढी राम्रोसँग देख्नसक्छ । 
  •  बाघ मिटरभन्दा टाढासम्म मिटर माथीसम्म उफ्रन सक्छ  
  •  बाघको गर्जन १.५ किलोमीटर परसम्म पनि सुनीन्छ
  • यौन समागमका बेला हुने भाले-भाले बिचको आपसी झगडाले २५%  भाले बाघ मारिन्छन् । 
  • मान्छेको ओँठाछाप नमीलेजस्तै प्रत्येक बाघको पनि एक अर्कासँग पाटा मिल्दैन यसकै आधारमा बाघको पहिचान गरिने गरिन्छ  
  •  प्रत्येक वर्ष जुलाई २९ तारिखका दिन विश्व बाघ संरक्षण दिवस मनाउने गरिन्छ सन् २०१० देखी यो दिवस मनाउन थालिएको हो
  • नेपाल सरकारले सार्वजनकि गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा बाघको सङ्ख्या १९८ पुगेको छ । सन् २०१२ को अध्ययनअनुसार नेपालमा बाघको सङ्ख्या १७६ सन् २००९ मा बाघको सङ्ख्या १२१ रहेको थियो ।     
  • नेपाल सरकारले सन २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेको छ        
  • बंगाली बाघ भारत बंगलादेशको राष्ट्रिय जनावर हो
  •  भाले सिंह र पोथी बाघको ठिमाहा(हाइब्रीड) लाई लाइगर भनिन्छ भने भाले बाघ र पोथी सिंहको ठिमाहालाई टाइगन भनिन्छ ।     
  • बाघको अंग विशेष गरेर महँगो औषधी रक्सी बनाउन प्रयोग हुने गर्छ । चीन तिब्बतमा बाघको हड्डी शक्तिवर्द्धक टनिकका लागि प्रयोग हुने गरेको   मानीसहरु बाघको अंग पनि धार्मिक कार्य मा प्रयोग गर्ने गर्छन् ।    
  • मानिसको रगत नुनिलो र मासु कमलो हुनाले मान्छेलाई एकपटक आक्रमण गरेपछि बाघ फेरि पल्कने सम्भावना हुन्छ । यसलाई बाघ नरभंक्षी हुनुको एउटा कारणको रुपमा मान्न सकिन्छ ।      
  • बाघबाट मान्छेमाथि भएका आक्रमणमध्ये अधिकांश पछाडिबाट हुने गरेका छन् ।       
  • बाघ संकटमा पर्नुमा बासस्थान विनाश ,चोरी सिकार र अंग प्रत्यंगको व्यापार नै प्रमुख कारण हो ।



Photo © WWF
( यो लेख साउन १५ गतेको गोल्डेन न्यूज राष्ट्रिय दैनीक मा पनि प्रकाशीत  छ ।)